मोडल निशालाई आर्थिक सहयोग जुट्दै

काठमाडौँ । काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई चलचित्रकर्मी कल्याणकारी कोषले आर्थिक सहयोग गर्ने भएको छ ।
चलचित्र विकास बोर्ड अन्तगर्तको कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । यस्तै म्युजिक भिडियो कलाकार संघले पनि निशालाई सहयोग गरेको छ । संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर २० हजार रुपैयाँ निशाका बुबालाई हस्तान्तरण गरेको हो ।
भारतमा दुर्घटनामा परेकी निशाको केही समय उनको भारतमै उपचार भएको थियो । आर्थिक अवस्थाका कारण परिवारले उनलाई नेपाल ल्याएर केही महिना अस्पतालमा उनको उपचार भएको थियो । तर, आर्थिक अवस्थाकै कारण उपचार गर्न गाह्रो भएपछि उनलाई घरमा राखिएको थियो ।
घरमा उनको स्वास्थ्य अवस्था झनझन बिग्रिदै गएपछि गत बिहीबारदेखि निशाको नर्भिक अस्पतालमा उपचार भईरहेको छ । नवजिवन परोपकार संस्था र नर्भिक अस्पतालकी मेघा चौधरीको पहलमा उनको निःशुल्क उपचार सुरु भएको छ । निशाले तीज दर्जन बढी म्युजिक भिडियो, एक भोजपुरी चलचित्र तथा केही टेलिसिरियलमा काम गरेकी थिइन् ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया