कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने, पदाधिकारी बैठकले गरेको प्रस्तावमाथि छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ३ गते बिहीबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे ललितिपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।
बैठकमा पार्टीको आसन्न १४ औं महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताए । कांग्रेसले बैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनुरोधसमेत गरेको छ ।
यसअघि हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले आसन्न १४औं महाधिवेशनको यसअघि तय भएको कार्यतालिका हेरफेर गर्ने प्रस्ताव गरेको थियो ।
बैठकले आगामी भदौ ७ देखि १० गतेसम्म हुने भनिएको महाधिवेशन १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको थियो । यस्तै असार ५ गतेबाट गर्ने भनिएको वडा तहको अधिवेशन साउन ६ गते गर्ने प्रस्तावमा उल्लेख छ ।
असारभित्र क्रियाशील सदस्य टुङ्ग्याउने कांग्रेसले जनाएको छ । साढे ८ लाख क्रियाशील सदस्य डेटा इन्ट्री सिस्टममा दर्ता गरेको दाबी गरेपनि सिन्धुपाल्चोक लगायत केही जिल्लाको विवाद अझै कायम छ ।
पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले गरेको प्रस्ताव अनुमोदन गराउन कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
कांग्रेसले १४ औं महाधिवेशन गत वर्ष कै फागुनमा गरिसक्नुपर्ने थियो । विधानमा भएको व्यवस्थाको प्रयोग गर्दै सभापति शेरबहादुर देउवाले महाधिवेशन एक वर्ष पछि सारेका थिए । एक वर्ष सारेपछि पनि गत फागुनमा नै महाधिवेशन गर्नुपर्ने थियो ।
त्यसपछि पनि विशेष कारण देखाउँदै संविधानमा भएको व्यवस्था अनुसार सभापति देउवाले १४औं महाधिवेशन ६ महनिा पछि सारेका हुन् ।
अब भने आगामी भदौमा जसरी पनि कांग्रेसले महाधिवेशन गराउनुपर्छ । अन्यथा कांग्रेसको वैधतामाथि नै संवैधानिक प्रश्न उठ्ने छ । कोरोना महामारीको कारण देखाउँदै कांग्रेसले महाधिवशेनको मिति यसअघि तोकिएको भन्दा ९ दिन पछि सार्न लागेको हो ।
















उदयपुरमा चार हजार ४३८ बालिकालाई एचपिभी खोप लगाइँदै
‘Good sense’ hailed as blockbuster Pakistan-India match to go ahead
रामेछाप तामाकोशी बस दुर्घटना : ४ जनाको मृत्यु, उद्धार कार्य जारी
Two Killed in Latest US Anti-Drug Strike in Eastern Pacific
Slight increase in gold, silver prices
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
प्रतिक्रिया