चीनमा ग्यास बिस्फोटनबाट १२ जनाको मृत्यु
मेरोन्यूज
२०७८ जेठ ३० गते १३:०३

वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ ।
खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् । शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६।३० बजे उक्त बिस्फोट भएको थियो ।
बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो । खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन् । रासस
सम्बन्धित

















पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया