बौद्धमा भेटिएको खुट्टा महिलाको भएको पुष्टि
चार जनाले फालेको सिसिटिभीमा देखियो
मेरोन्यूज
२०७८ जेठ ३० गते १५:४०

काठमाडौँ । गत जेठ २५ गते बौद्धको नयाँ बस्तीमा बोराभित्र परालले प्याक गरी फालेको अवस्थामा भेटिएको मानिसको खुट्टा र केही अंग महिलाको भएको पाइएको छ ।
बौद्धको नयाँ बस्तीस्थित ‘टाउन प्लानिङ’मा भेटिएको उक्त खुट्टा युवतीको भएको पोस्टमार्टम र डिएनए परीक्षणले पुष्टि गरेको हो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले गरेको पोस्टमार्टम र डिएनए परीक्षणबाट खुट्टा महिलाको भएको खुलेको हो ।
प्रहरीका अनुसार उक्त खुट्टा चार जना युवाले बोरामा राखेर फालेको पाइएको छ । घटनास्थल वरिपरिका सिसिटिभी फुटेजबाट प्रहरीले बौद्ध गेटबाट चार युवाले बोरामा खुट्टा बोकेर ल्याएको देखिए पनि मध्यराति भएकाले भिडियो स्पष्ट नदेखिएकाले पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ ।
टाउको र शरीरका अन्य भाग नभेटिनु, खुट्टा मात्रै भेटिएकाले प्रहरीलाई अनुन्धानमा थप चुनौती बनाएको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया