काठमाडौंका ६०–६१ वर्षका जेष्ठ नागरिकलाई भेरोसेल खोप आज र भोलि

काठमाडौं । काठमाडौं महानगरपालिकाले ६० र ६१ वर्ष उमेर समूहका लक्षित वर्गलाई आज र भोलि भेरोसेल खोप लगाउने भएको छ ।
जेठ २५ गतेदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियानलाई आज र भोलि निरन्तरता दिन लागेको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न परिपत्र भएबमोजिम खोप कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा आज र भोलि खोप कार्यक्रम सञ्चालन हुने उनले बताए ।
महानगरले आइतबार जारी गरेको सूचना अनुसार पहिलो डोज लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीलाई खोप लगाउन अनुरोध गरेको छ ।
खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।
















तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया