युरो कपमा आज तीन खेल हुँदै, कुन टिमसँग कुन भिड्दै ?

काठमाडौँ । युरोकप फुटबलअन्तर्गत सोमबार तीन खेलहरू हुने भएको छ । खेलहरू साँझ ६ः४५ बजे सुरु हुनेछ ।
युरोकपमा आज समूह ‘डी’को एक खेल र समूह ‘ई’को दुई खेलहरू हुनेछ । पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ ।
घरेलु मैदानमा स्कटल्याण्ड जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । तर, बलियो टिम चेक रिपब्लिकविरुद्ध जित निकाल्न सहज हुने छैन । रिपब्लिक पनि जित निकाल्ने योजनामा हुनेछ ।
यस्तै, दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्ने छन् । समूह ‘ई’मा रहेका पोल्याण्ड र स्लोभाकियाबीच खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । युरोपियन फुटबलमा दुई पावरहाउस टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । समूह ‘ई’मा रहेका स्पेन र पोल्याण्डबीचको खेल स्पेनको घरेलु मैदानमा हुनेछ ।
स्पेन युरोकपकै सर्वाधिक सफल टिम हो । स्पेनले तीनपटक उपाधि जितिसकेको छ । एजेन्सी









आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज दिनभरको मौसम कस्तो रहला ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया