आजको राशिफल : आषाढ १ गते मंगलबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको १ गते मंगलबार, आज आषाढ सङ्क्रान्ति । ज्येष्ठ शुक्लपञ्चमी तिथि । अब लागौं आजको राशिफलतर्फ ।
मेष
व्यावसायिक तथा रोजगारीमा रहेकाहरुलाई समय सकारात्मक देखिन्छ । बोलीको प्रभाव बढ्न पुग्ने छ तर बाणिमा कडापना पनि उत्तिकै बढ्न जाने भएकाले यसबारेमा ध्यान दिनु होला । मानसिक रुपमा सवल हुने भए पनि शारीरिक रुपमा भने धेरै कमजोरी देखा पर्न जाने छ । यसले गर्दा मनोबल कमजोर हुने र दृढताको अभाव हुन जाने छ ।
वृष
परिवारप्रति समर्पित हुन स्वाभाव हुने छ । पेशागत क्षेत्र अनुकुल रहने छ । आम्दानीमा पनि केही बृद्धि हुन जाने छ । मेहनत र पराक्रमीपनामा मन दृढ हुने तर सो अनुसार शारीरिक उर्जा नहुँदा मेहनत र पराक्रममा असन्तुलन पैदा हुने छ । व्यक्तित्वमा दृढता आउने छ । तर सानो सानो विषयमा पनि कडाखाले रिस उठ्ने व्यक्तित्व हुने भएकाले यसबारेमा संयमित रहनु नै वाञ्छनीय हुने छ ।
मिथुन
भाग्यहिन अवस्था भएकाले कार्य उद्देश्यमा विभिन्न बाधाहरु सामना गर्नु पर्ने हुन्छ । पारिवारीक तनाव उत्पन्न हुन जाने छ । परिवारका सदस्यहरुबीच झगडा र द्वन्द आउने छ । व्यक्तिगत हिसावले शितल स्वाभाव चरित्र हुने भएता पनि पारीवारिक जीवनमा भने असन्तोाषको वातावरण पैदा हुने छ ।समय प्रतिकुल प्रकृतिको भएकाले संयमित रहनु होला ।
कर्कट
प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने हुँदा यसको सन्तुलनका लागि शारीरिक अभ्यास, योगाभ्यास, ध्यान आदी गर्नाले फाइदा मिल्ने छ । पेशागत जीवनमा उचार चढाव आउने छ । मानसिक सवलता हुने छ, आफुले सोचेको विषयमा संकल्पित व्यक्तित्व हुने छ । तर शारीरिक मजबुदी नहुने भएकाले मनोबलको अभाव हुने छ । शारीरिक शिथिलता देखा पर्ने छ । व्यक्तित्वमा दृढता नहुँदा अरुले सजिलै हेप्ने छन् । धैर्य भएर पाइला चाल्नु पर्ने समय छ ।
सिंह
भाग्यको साथको अभावका कारण स–साना विषयमा पनि धेरै कठिनाईको सामना गर्नु पर्ने हुन्छ । दाम्पत्य जीवनमा पनि चुनौति थपिने भएकाले शान्तभावले पाइला चालेमा फाइदा मिल्ने छ । शारीरिक र मानसिक रुपमा कमजोर अवस्था रहने छ । व्यक्तित्वमा गिरावट आउने छ । पेशागत जीवन औसत रहने भएता पनि आम्दानीमा भने केही बृद्धि हुन जाने छ । समय प्रतिकुल चलिरहेकाले धैर्य भएर कदम चाल्नु होला ।
कन्या
पेशागत जीवन स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर बादबिबाद र असमझदारी आउने भएकाले संयमित रहनु होला । आम्दानीमा औसत समय चलिरहेकाले आम्दानीको विषयले दबाब सृजना गर्ने छ । कमाई बढाउनका लागि अस्वाभाविक दबाब लिने समय नभएकाले जे जति प्राप्त भएको छ त्यसमा सन्तुष्टि लिने गर्नु होला । चुनौतिपूर्ण पेशामा आवद्धहरुले सतर्क रहनु पर्ने समय सक्रिय छ ।
तुला
भाग्यको साथ रहनाले आँटिलो स्वाभाव हुने हुँदा कठिन परिस्थितिसँग जुध्न तागत आउने छ । पेशागत जीवनमा मनले चाहे जस्तो वा सोचे जस्तो अवस्था नआउने भएकाले चित्त बुझाउनु पर्ने छ । आम्दानीमा कमि आउँदा परिवारको आर्थिक सन्तुलनमा अस्थिरता आउने छ । धन सम्पत्तिका विषयमा लफडा मच्चिन जाने छ ।
वृश्चिक
प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउने हुँदा प्रतिष्पर्धीहरुले हेप्ने छन् । पेशागत क्षेत्रमा भने स्थिरता कायम रहने भएकाले यसले ठुलो राहत प्रदान गर्ने छ । कमजोर मनोबल हुने छ । मनोवलको अभावले गर्दा भाग्यहिनताको अवस्था आउने छ । साझेदारीमा गरिएका काममा बिबाद चर्किन जाने भएकाले यसबारेमा ध्यान दिनु होला । संयमित भएर पाईला चाल्नु पर्ने समय रहेको छ ।
धनु
धैर्य हुनु पर्ने समय रहेको छ । पारीवारिक सदस्यहरुका बीच पनि द्वन्द देखा पर्ने छ । मनोबल कमजोर हुने छ । शारीरिक र मानसिक कमजोरीले सताउने छ । यसको सन्तुलनका लागि नियमित रुपमा शारीरिक ब्यायाम, योगाभ्यास, ध्यान जस्ता कार्य गर्नु भएमा लाभ मिल्ने छ । पेशागत जीवनमा धेरै संघर्ष गर्नु पर्ने छ । पेशागत जीवनम धेरै बादबिबादमा नजानु होला ।
मकर
दृढ खाले ब्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् । यसले गर्दा जस्तो सुकै कठिन समयमा पनि संघर्ष गर्ने साहस आउने छ । जीवनसाथिको शारीरिक स्वास्थ्यमा आउने गडबढिले तनाव उत्पन्न गराउने छ । यौन जीवनसँग सम्बन्धित विषयमा उच्च रुपमा संयमित रहनु होला । साझेदारीमा गरिएका काममा समस्या देखा पर्ने छ । पेशागत जीवनमा अस्थिरता देखा पर्ने छ ।
कुम्भ
बौद्धिक क्षेत्रमा प्रगति हुने छ । पेशागत जीवनमा अनपेक्षित समस्याका क्रमहरु एक पछि अर्काे गरि देखा पर्ने छन् । धेरै जोखिमपूर्ण लगानीका क्षेत्रहरुमा हात हाल्ने समय रहेको छैन् । प्रतिष्पर्धीहरुसँग जुध्न मानसिक रुपमा तयार रहेता पनि शारीरिक रुपमा कमजोरी आउने हुँदा मनोबलमा गिरावट आउने छ । यसले प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट गराई दिने छ ।
मीन
व्यावसायिक तथा पेशागत जीवनमा उतारचढाव आउने छ । आम्दानीमा हुने बृद्धिले केही भए पनि राहत प्रदान गर्ने छ । दुविधात्मक व्यक्तित्व बन्ने छ । भाग्यहिनताको महशुस हुने भएकाले कार्य असफलताको क्रम देखिने छ । पैतृक सम्पत्ति तथा आफुले कमाएको धनका विषयमा द्वन्द देखा पर्नेछ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
प्रतिक्रिया