अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो
मेरोन्यूज
२०७८ असार १ गते ८:३१

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा अर्जेन्टिना चिलीसँग १(१ गोलको बराबरीमा रोकिएको हो । खेलको पहिलो हाफको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको दोस्रो हाफमा अर्जेन्टिनाले गोल गर्न सकेन् । खेलको ५८ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १-१ गोलको बराबरीमा फर्काए । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि आएको रिबाउन्ड बलमा उनले गोल गरेका हुन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा रहेको छ ।
सम्बन्धित








कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया