पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । पहिरो खस्दा जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो ।
राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी–साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बीचबाटोमै रोकिएका छन् । बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौं, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने सवारी–साधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन् ।
गए रातिदेखि अवरुद्ध रहेको उक्त राजमार्ग खुलाउने प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । “राजमार्ग खुलाउने विषयमा स्थानीय तह, सडक कार्यालयसँग समन्वय भइरहेको छ,” उनले भने ।
लगातारको वर्षाले सडक पुनः सञ्चालनमा भने समस्या भइरहेको जनाइएको छ । उक्त स्थानमा यसअघि पनि बेलाबेला खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ । रासस















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया