खेतबारीमा काम गर्दा सामाजिक दूरी कायम गर्न आग्रह
मेरोन्यूज
२०७८ असार १ गते १०:३७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खेतबारीको काम गर्दा सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ । मनसुन सुरु भएसँगै खेतबारीको काम सुरु हुने र त्यसबाट कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै मन्त्रालयले दूरी कायम गर्न आग्रह गरेको हो ।
मन्त्रालयले खेतमा पानी लगाउने, धान रोप्ने र मेला–पर्म जस्ता काम समूहमा गरिने भएकाले यसमा सतर्क हुने मन्त्रालयले अनुरोध गरेको हो ।
असार महिना लागेसँगै गाउँघरमा काम बढ्नेभन्दै मन्त्रालयले खेतबारीमा जुनसुकै काम गर्दा पनि दूरी कायम गर्नुपर्ने, मास्क लगाउनु पर्ने, सावुन पानीले बेलाबेलामा हात धुनुपर्ने जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया