बिहीबार, मंसिर ४, २०८२

कर्णाली प्रदेश : एमालेको बैठकमा पुनर्बहाली भएका चार सदस्य अनुपस्थित

मेरोन्यूज २०७८ असार १ गते १२:४३

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चारजना सदस्य अनुपस्थित भएका छ । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन् ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूचि छ । आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उनीहरुलाई पत्राचार गरिएको बताइएको छ ।

संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेपनि चारै जना सदस्य बैठकमा अनुपस्थित भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिए ।

प्रतिक्रिया