डोटीका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण बढ्दै

डोटी । डोटी जिल्लामा दोस्रो चरणको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा कुल एक हजार २०० जनामा संक्रमण पुष्टि भएको छ ।
ती मध्ये ५० जनाले कोरोना जित्न सफल भएका छन् । संक्रमण पुष्टि भएकामा अधिकांश युवा उमेरका व्यक्ति रहेका कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए । जिल्लाका ग्रामीण भेगमा संक्रमणका बिरामी बढी रहेको बताइएको छ ।
भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिकका कारण जिल्लामा संक्रमण फैलिएको स्थानीयवासीको बुझाइ रहेको छ । यहाँका शहर बजारभन्दा पनि गाउँमा बढी कोरोना संक्रमित भएको कार्यालका मेडिकल सुपरीटेन्डेन्ट कृष्ण जोशीले बताए ।
उनले भने, “यहाँका शहर बजारमा भएका कोरोना संक्रमित निको भइसकेका छन्, गाउँघरमा कोरोना संक्रमित बढ्दै गएका छन्, गाउँबाट बढी समस्या देखिने अवस्था छ ।”
















प्रतिनिधिसभाबाट तीन अध्यादेश संशोधन स्वीकृत
जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाली क्लाइम्बिङ टोली चीन जाने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया