नेपाललाई भ्याक्सिन र अक्सिजन दिन एम्नेष्टी युकेको आग्रह
लण्डन । नेपालमा कोभिड–१९ को दोस्रो लहरबाट नेपाली समुदायलाई बचाउन खोप र अक्सिजन प्रदान गर्न एम्नेष्टी युकेले सोमबार विज्ञप्ति निकालेर विश्व समुदायलाई आग्रह गरेको छ ।
नेपालमा रहेको हालको पूर्वाधारले अहिलेकै अवस्थाको कोभिड बिरामी धान्न समस्या भइरहेकाले अक्सिजन, आइसियू शय्या, व्यक्तिगत सुरक्षा उपकरण र खोप लगायतका सामग्री उपलब्ध गराउन आग्रह गरिएको हो । एम्नेस्टी इन्टरनेशनलका एशिया–प्यासिफिक निर्देशक यामिनी मिश्राले भारतमा जस्तै परिस्थिति नेपालमा पनि आउन सक्ने भएकाले तत्कालै अक्सिजन, भेन्टिलेटर, खोप तथा अन्य जीवनदायी उत्पादनको आपूर्ति गनुपर्ने अवथा रहेको बताए ।
उनले विज्ञप्तिमा भने, ‘‘कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न नेपाललाई अझ बढी खोपको आवश्यकता पर्दछ । चीन र अमेरिकाजस्ता मुलुकले खोप उपलब्ध गराउने बचन दिए पनि यो पर्याप्त छैन । खोपमा समान पहुँच सुनिश्चित गर्न कोभाक्सजस्ता विश्वव्यापी प्रणालीलाई स्पष्टरूपमा समर्थन प्रदान गर्नुपर्छ र स्थानीयरूपमा खोप उत्पादन गर्न संशाधन र प्रविधि स्थानान्तरणलाई प्राथमिकता दिनुपर्छ ।” रासस















बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया