पूर्व-पश्चिम राजमार्ग भासिँदा यातायात ठप्प
मेरोन्यूज
२०७८ असार १ गते १४:३३
काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह १० चरंगेमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । डाइभर्सन गरेको ठाउँमा सडक भासिएको हो ।
राजमार्ग विस्तार गर्ने क्रममा पुल बनाउन सो ठाउँमा ९ वटा पाइप राखी कल्भर्ट बनाइएको थियो । जंगलबाट आएको पानी पस्दा डाइभर्सन भासिँएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार दिउँसो पानी पसेपछि पाइप राखिएको ठाउँमा भत्किएर सडक भासिएको हो । निषेधाज्ञा रहे पनि अत्यावश्यकका सामान बोक्ने सवारी साधन गुडिरहने भएकाले डाइभर्सन बनाइएको थियो ।
सडक अवरुद्ध हुँदा सवारी साधन आवत जावतमा समस्या भएको छ ।
सम्बन्धित















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया