लगातार दुई दिन बढेको नेप्से मंगलबार गिरावट

काठमाडौं । साताको पहिलो र दोस्रो कारोबार हुने दिन आइतबार र सोमबार लगातार उकालो लागेको नेप्से मंगलबार घटेको छ ।
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक बजार परिसुचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब १२ प्रतिशत कम हो ।
नेप्से एक्कासी घट्दा ठूला र साधारण शेयर लगानीकर्ता आफ्नो कम्पनीको शेयर घटेकोमा त्राहिमाम भएका छन् । यद्यपी शेयर कारोबार सम्लग्न नवराज अधिकारीले शेयर बजारमा मंगलबार ‘करेक्सन’ भएको जनाएका छन् । उनले एकैदिन सबै बढ्ने र सबै घट्ने नहुने भएकाले समयानुसार परिवर्तन हुनुमा आत्तिन नहुनेमा जोड दिए ।
अधिकारीका अनुसार लगानीकर्ताको आग्रहमै नेपाल धितोपत्र बोर्डले शेयर बजारमा सुशासन कायम गर्न खोजेपछि जलविद्युत, फाइनान्स र विकास बैंकको सेयर मूल्यमा गिरावट आएको हो ।
वित्तीय अवस्था नकारात्मक भएका, वर्षौसम्म लगानीकर्तालाई केही दिन नसकेका कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा उचालिएपछि नियामक निकायले सुक्ष्म निगरानी बढाएपछि विकास बैंक, फाइनान्स र जलविद्यत कम्पनीको सेयर मूल्यमा गिरावट आएको स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार बैंकिङ समूह ६ दशमबल ८ अंक मात्रै घटेको छ भने सबैभन्दा बढी विकास बैंक २ सय २२ दशमलब ८९ अंकले घटेको छ । त्यसैगरी, ८६ अंकले घटेको छ भने जलविद्युत् ९० अंकले घटेको छ । उत्पादनमुलक र अन्य समूहमा भने वृद्धि भएको छ ।
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीमध्ये मंगलबार कूल २ सय २६ कम्पनीको १ करोड ६४ लाख ७ सय ९० कारोबारबाट १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७ सय ३९ रुपैयाँ बराबरका ३ करोड ९ लाख ४८ हजार ८ सय ५३ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जको मापनमा उल्लेख छ ।

















आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया