लगातार दुई दिन बढेको नेप्से मंगलबार गिरावट

काठमाडौं । साताको पहिलो र दोस्रो कारोबार हुने दिन आइतबार र सोमबार लगातार उकालो लागेको नेप्से मंगलबार घटेको छ ।
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक बजार परिसुचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब १२ प्रतिशत कम हो ।
नेप्से एक्कासी घट्दा ठूला र साधारण शेयर लगानीकर्ता आफ्नो कम्पनीको शेयर घटेकोमा त्राहिमाम भएका छन् । यद्यपी शेयर कारोबार सम्लग्न नवराज अधिकारीले शेयर बजारमा मंगलबार ‘करेक्सन’ भएको जनाएका छन् । उनले एकैदिन सबै बढ्ने र सबै घट्ने नहुने भएकाले समयानुसार परिवर्तन हुनुमा आत्तिन नहुनेमा जोड दिए ।
अधिकारीका अनुसार लगानीकर्ताको आग्रहमै नेपाल धितोपत्र बोर्डले शेयर बजारमा सुशासन कायम गर्न खोजेपछि जलविद्युत, फाइनान्स र विकास बैंकको सेयर मूल्यमा गिरावट आएको हो ।
वित्तीय अवस्था नकारात्मक भएका, वर्षौसम्म लगानीकर्तालाई केही दिन नसकेका कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा उचालिएपछि नियामक निकायले सुक्ष्म निगरानी बढाएपछि विकास बैंक, फाइनान्स र जलविद्यत कम्पनीको सेयर मूल्यमा गिरावट आएको स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार बैंकिङ समूह ६ दशमबल ८ अंक मात्रै घटेको छ भने सबैभन्दा बढी विकास बैंक २ सय २२ दशमलब ८९ अंकले घटेको छ । त्यसैगरी, ८६ अंकले घटेको छ भने जलविद्युत् ९० अंकले घटेको छ । उत्पादनमुलक र अन्य समूहमा भने वृद्धि भएको छ ।
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीमध्ये मंगलबार कूल २ सय २६ कम्पनीको १ करोड ६४ लाख ७ सय ९० कारोबारबाट १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७ सय ३९ रुपैयाँ बराबरका ३ करोड ९ लाख ४८ हजार ८ सय ५३ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जको मापनमा उल्लेख छ ।









लुम्बिनीविरुद्ध पहिला बलिङ गर्दै सुदूरपश्चिम
आज कति छ सुनको भाउ ?
आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया