वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध

काठमाडाैं । केही दिन यता निरन्तर भइरहेको वर्षाका कारण बाढी र पहिरोले अहिले नौ सडक पूरै अवरुद्ध छ भने तीन सडक एकातर्फबाट मात्रै सुचारु रहेको छ । पूर्व–पश्चिम राजमार्गको गैडाकोट, धुस्सी सडक आज अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गको पाल्पा जिल्लामा गौडेपुल, धुम्सी सडक र साँफेबगर–मार्तडी–कोल्टी सडक बार्जुगाड र बल्दे–अम्कोट सडक सोमबारदेखि अवरुद्ध भएको छ । त्यस्तै, डुम्रे–बेशीसहर–चामे सडक तिमाङ छहरामा गत १६ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन ।
तानसेन–रिडि कोरला सडक पनि आज नै अवरुद्ध भएको छ । कणार्ली राजमार्गको कालाखाला सैन र दरबारे बोटखाला सडक खण्ड आज अवरुद्ध भएको छ । खोड्पे–चैनपुर सडक दोल्यामोड, कचाली पनि आज अवरुद्ध बनेको छ ।
डिभिजन सडक कार्यालयहरुले विभिन्न सडक खण्डमा सडक पूरै वा आंशिक रुपमा सुचारु गरिरहेको सडक विभागले जनाएको छ । कालीकोट जिल्लाको बालीघाट, धनाडा, भिग्म सडक, दैलेखको बाङ्गेसिमल, कालाखाला सडकखण्ड र सिद्धार्थ राजमार्गको सिपपलडाँडामा एकातर्फबाट सडक खुलाइएको हो ।














पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया