चरीकोट अस्पताल पशुपति चौलागाईँ स्मृति अस्पतालमा रुपान्तरण

दोलखा । प्रस्तावित चरीकोट अस्पताल पशुपति चौलागाईं स्मृति अस्पतालमा रुपान्तरण गरिएको छ । वाग्मती प्रदेश सरकारले नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य स्व नेता चौलागाईंको सम्झनास्वरुप सो अस्पताललाई ‘पशुपति चौलागाईँ स्मृति अस्पताल’का नाममा नामकरण गरेको हो । यही असार १ गते बसेको वाग्मती प्रदेशसभाको बैठकले अस्पतालको नाम रुपान्तरण गर्ने निर्णय गरेको वाग्मती प्रदेश सदस्य तथा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले जानकारी दिए ।
स्व.नेता चौलागाईँको स्मृतिमा नामकरण गरिएको अस्पताल दोलखाको भीमेश्वर नगरपालिका–४ चरीकोटबाट सञ्चालन हुँदै आएको चरीकोट प्राथमिक स्वास्थ केन्द्र हो । विसं २०७२ को भूकम्पपश्चात् स्वास्थ्यको क्षेत्रमा काम गर्ने न्याय हेल्थ नामक संस्थाले दक्ष चिकित्सकसहितको व्यवस्थापनमा सञ्चालन गर्दै आएपछि प्रदेशस्तरीय अस्पताल बनाउनका लागि स्थानीय तहले चरीकोट अस्पतालका नाममा प्रस्ताव गरेको थियो । अस्पतालले दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको दरबन्दीमा प्रसूति सेवा, ओपिडी सेवा, शल्यक्रियासहित एचडियुसहितको सेवा प्रदान गर्दै आएको छ ।
















नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया