फिञ्चको कप्तानीमा अष्ट्रेलियन टिम घोषणा
मेरोन्यूज
२०७८ असार २ गते १३:४२

काठमाडौँ । अष्ट्रेलियाले वेस्ट इण्डिज र बंगलादेश भ्रमणका लागि टिमको घोषणा गरेको छ । अष्ट्रेलियाले बुधबार वेस्ट इण्डिज र बंगलादेशसँगको सिरिज खेल्न १८ सदस्यीय टिमको घोषणा गरेको हो ।
अष्ट्रेलियाले आरोन फिञ्चको कप्तानीमा टिमको घोषणा गरेको हो । यस्तै दुई खेलाडी वैकल्पिकमा राखिएको छ ।
अष्ट्रेलियाले घोषणा गरेको टिममा ग्लेन म्याक्स्वेल, स्टिभ स्मिथ, पाट कुमिन्स, मार्कुस स्टोनिस, डानिल साम, केन रिचार्डसन, डेभिड वार्नर, टिममा परेका छैनन् ।
चोटका कारण स्मिथलाई विश्राम दिइएको समाचारमा जनाइएको छ । अन्य खेलाडी भने उनीहरूको अनुरोधका कारण भ्रमण गर्ने टिममा नराखिएको बताइएको छ ।
अष्ट्रेलियाले वेस्ट इण्डिजसँग पाँच टी ट्वान्टी र तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ । यस्तै, बंगलादेशसँग पाँच खेलको टी ट्वान्टी सिरिज खेल्ने छ ।
सम्बन्धित

















खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै
राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल
PM performs Rudrabhisek worship and pays homage to Pashupatinath
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया