विपद्सम्बन्धी प्रतिकार्य योजना पारित, राहत, उद्धार र पुनःस्थापना प्रभावकारी बनाइने

काठमाडाैं । गृहमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८’ पारित गर्दै उद्धार, राहत र पुनःस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
मनसुन भित्रिएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी र पहिरोबाट धनजनको क्षति भएको सन्दर्भमा समितिले सबै निकायसँग समन्वयात्मक रुपमा जोखिम न्यूनीकरण, राहत वितरण तथा उद्धारमा लाग्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख गोविन्द रिजालका अनुसार मुख्यतः कसरी धनजनको क्षति कम गर्न सकिन्छ, सही रुपमा विपद्को सम्बोधन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको जानकारी दिए । बैठकमा गृहमन्त्री खगराज अधिकारीले मन्त्रालयबाट स्रोत/साधनमा कुनै कमी हुन नदिने स्पष्ट पार्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई थप सक्रिय बनाउन निर्देशन दिएका छन् ।
मन्त्री अधिकारीबाट मुख्यगरी सरकारी निकायको कमजोरीका कारण कसैको पनि ज्यान नजाओस् भनेर गम्भिरताका साथ लाग्न मातहतका निकायलाई निर्देशन भएको प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालले जानकारी दिए । उनका अनुसार बैठकले प्रतिकार्य योजनासहित केही कार्यविधिसमेत पारित गरेको छ ।
अब बाढी/पहिरो प्रभावितले झैँ आगलागी र डढेलो पीडितका लागि राहत तथा पुनःस्थापन कार्यक्रम अघि बढाउने गरी कार्यविधि पारित भएको उनले बताए । बैठकमा सिन्धुपाल्चोकको मेलम्ची, मनाङलगायत जिल्लामा भएको क्षतिको अवस्थाबारे समीक्षा भएको थियो । आज पारित विपद प्रतिकार्य योजनामा मुख्यगरी पहिरोको वडास्तरीय नक्सा तयार पारी जोखिम न्यूनीकरणका कार्यक्रम समावेश छ ।
यस्तै बाढी र कोभिड तथा पहिरोको र कोभिडको जोखिम पहिचान गरी नक्सा समेत तयार पारिएको छ । मानिसको सुरक्षित अवतरणका लागि खुला स्थानको पहिचान गरी आवश्यक तयारी गरिएको छ । मुलुकका विभिन्न क्षेत्रमा १५५ वटा खुला स्थान तय गरिएको छ । आवास पुनःनिर्माण तथा पुनस्थापन कार्यक्रमलाई प्रभावकारी बनाउने गरी अघि बढाइएको छ ।
आपत्कालीन कार्यका लागि स्रोत साधनको विवरण संकलन तथा व्यवस्थापन र परिचालनका आवश्यक तयारी पनि यसमा समावेश गरिएको छ । मन्त्रालयका विषयगत समितिलाई समेत परिचालन गर्ने गरी प्रतिकार्य योजना निर्माण गरिएको प्राधिकरणले जनाएको छ । मनसुन शुरुवाती कै समयमा मनाङ र सिन्धुपाल्चोकमा परेको भारी वर्षाले ठुलो धनजनको क्षति भएको छ ।
अहिले पनि मुलुकका धेरै ठाएामा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसैबीच प्रधानमन्त्री अध्यक्ष रहने विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै छ । अहिले केही बेरमा शुरु हुने बैठकमा मुलुकभर भएका विपद्जन्य घटनाका विषयमा समीक्षा हुने राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालले जानकारी दिए ।
















सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
प्रतिक्रिया