जसपाको यादव समूहको कार्यकारिणी समिति बैठक बस्दै
मेरोन्यूज
२०७८ असार ३ गते ९:२४

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को अधयक्ष उपेन्द्र यादव समूहले आज कार्यकारिणी समिति बैठक बोलाएको छ ।
बिहान साढे ११ बजे बस्ने बैठकमा पार्टीको आधिकारिकता दाबी गर्ने, पार्टी विधान र अनुशासन उल्लंघन गर्ने नेताहरूलाई कारबाही गर्नेलगायत विषयमा छलफल हुने केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
तर, पार्टीको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले भने कार्यकारिणी समिति बैठक आह्वान नभएको बताएको छ ।
अध्यक्ष ठाकुरले बुधबार साँझ विज्ञप्ति निकाल्दै कार्यकारिणी समिति बैठक आह्वान नभएको र सहभागी नहुन आफू पक्षका नेतालाई आग्रह गरेका थिए ।
सत्ता समीकरणका विषयमा जसपामा विवाद छ । यादव समूह विपक्षी गठबन्धनमा छ भने ठाकुर समूह वर्तमान सरकारमा सहभागी भएको छ ।
सम्बन्धित














टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भक्तपुरमा हतियार प्रहार गरी छोराले गरे आमाको हत्या
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया