बिहीबार, जेठ ८, २०८२

नेपाल पक्षले बाढीपहिरो गएका जिल्लामा राहत तथा उद्धार गर्न कार्यकर्ता खटाउने

मेरोन्यूज २०७८ असार ३ गते १५:१०

काठमाडौँ । नेकपा एमाले नेता माधव कुमार नेपाल समूहले बाढीपहिरो गएका जिल्लामा आफ्नो कार्यकर्तालाई राहत तथा उद्धारमा खटाउने भएको छ । नेपाल पक्षको बिहीबार भर्चुअल माध्यमबाट बैठक बसेको थियो ।

बैठकले बाढी पीडितहरूको राहत र उद्दारका लागि सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना नेता कार्यकर्तालाई समेत खटाउने निर्णय गरेको एमाले नेत्री अष्टलक्ष्मी शाक्यले बताइन् । शाक्यले विपत व्यवस्थापनका लागि गंगालाल तुलाधरको संयोजकत्वमा विज्ञहरुको टोली बनाउने निर्णय भएको बताइन् ।

यस्तै, बाढी पहिरो गएका स्थानमा राहत र उद्दारका लागि केन्द्रदेखि वडा तहसम्मका सबै पार्टी कमिटीलाई परिचालन गर्ने निर्णय गरेको हो । बैठकले वरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनले बताइन्।

प्रतिक्रिया