नेप्सेसँगै कारोबारमा पनि निरास

काठमाडौँ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार १ दशमलब २९ अंकले घटेको छ ।
यो सानो भएपनि अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ४ प्रतिशतले कमी आई २ हजार ९ सय ६८ दशमलब ४३ अंकमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । कूल २ सय २३ कम्पनीको १ लाख २४ हजार ५ सय ६१ कारोबारबाट १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९ सय ३५ रुपैयाँ बराबरका २० करोड ३६ लाख ५ हजार ६ सय १९ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
हिजो बुधबार साना लगानीकर्ताले आत्तिएर सेयर बेच्दा नेप्से घटे पनि बिहीबार लगानीकर्ता टिक्दा बजारबाट सुधार सम्भावना टरेको हो ।
नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीमा गरिएको लगानी जोखिमपूर्ण भन्दै सूची निकाले पछि बुधबार लगानीकर्ताहरु प्यानिक सेलमा उत्रिएका थिए । त्यसैको असर बुधबारको सेयर बजारमा परेको थियो ।









जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया