जसपाको कार्यकारिणी समितिको बैठकले यी ६ निर्णय गर्याे

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठक विभिन्न ६ निर्णय गरेर सम्पन्न भएकाे छ । पार्टी कार्यालय बालकुमारीमा आज बसेकाे बैठकले पार्टीकाे आधिकारिकताका लागि पुनः निर्वाचन आयाेगमा दाबी सहितकाे निवेदन दिने निर्णय गरेकाे छ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिले गरेकाे ६ निर्णयः
१) जसपाभित्र उत्पन्न विवाद निरुपणका लागि राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम दलको बहुमतको निर्णय कार्यान्वयन तथा पार्टीलाई ऐन, नियम र विधानसम्मत सञ्चालन गर्न गराउन निर्वाचन आयोगको मिति २०७८/२/३० को निर्णयले वाधा उत्पन्न भएकाले आधिकारिकताका लागि निर्वाचन आयोगमा लिखित दावीसहितको निवेदन दिने ।
२) लुम्बिनी प्रदेश सभाका सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा २८ को उपदफा ३ बमोजिम स्पष्टीकरण सोध्ने र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएमा ऐन र विधान अनुसार आवश्यक कारबाही गर्ने ।
३) व्यापार घाटा कम गर्ने नाममा सरकारले ढुङ्गा, गिटी, वालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाति रहेको ठहर गर्दै चुरे विनास र तराई/मधेशलाई मुरुभूमिकरण हुनबाट रोक्न साथै ढुङ्गा, गिटी, बालुवा आदि उत्खनन् गरी निर्यात गर्ने कार्य बन्द गर्न पार्टीमा एउटा समिति बनाउने ।
४) मनसुनको सुरुवातसँगै देशको विभिन्न भागमा सुरु भएको बाढी-पहिरोमा परेकाहरुलाई उद्धार गर्न र सकेको राहत उपलब्ध गराउन स्थानीय पार्टी कमिटीहरुलाई परिचालन गर्ने । साथै, उद्धार, राहत र प्राकृतिक प्रकोप न्यूनीकरण गर्दै समस्याको स्थायी समाधानका लागि सरकारको ध्यानाकर्षण गर्ने ।
५) बारा, पर्सा, रसुवालगायतका जिल्लाहरुमा पार्टीको टिकट लिई विभिन्न स्थानीय तहमा निर्वाचन जितेका तर अहिले पार्टी परित्याग गरि अन्य पार्टीहरुमा गएका स्थानीय जनप्रतिनिधिहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउने ।
६) केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति सदस्यहरुको कार्यबिभाजनका लागि ठोस प्रस्ताव तयार गर्न ७ सदस्यीय कार्यदल निर्माण भएको छ : जसमा, मृगेन्द्रसिंह यादव/ हिसिला यमी / रेणु यादव / गंगा श्रेष्ठ / रामसहाय यादव / रणध्वज कन्दङ्वा र इस्तियाक राई छन् । यस कार्यदलले ७ दिनभित्रमा आफ्नो प्रतिवेदन बुझाउनुपर्ने छ ।
















सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
प्रतिक्रिया