बाढीपहिरोमा परी हराइरहेकाकाे खोजी र उद्धारमा खटियाे सेना (भिडियाे सहित)

काठमाडाैं । नेपाली सेना अविरल वर्षाबाट देशका विभिन्न भागमा भएको बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा खोज र उद्धारमा जुटिरहेको छ। सेनोले मेलम्ची बाढीपहिरो प्रभावितका लागि संघसंस्थाबाट प्राप्त राहत सामग्री हेलिकप्टरद्वारा काठमाडौंँबाट मेलम्चीसम्म ढुवानी गरी वितरण गरेको छ ।
बाढीका कारण भत्किएका÷पुरिएका ११ घरबाट सामान निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । काभ्रेपलाञ्चोक तैनाथ सुरक्षा पोष्ट अम्बाथानबाट खटिएको टोलीले एक नेपाली र ३ चिनियाँको उद्धार गरेको जनाइएको छ ।
मनाङको चामेस्थित सिरनतालबाट २४ र थोंचेबाट ११ बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा पुर्याइएको छ । म्याग्दीको मंगला गाउँपालिका–४ मा पहिरामा पुरिएर सिकिस्त घाइते भीमकला बुढा मगरलाई थप उपचारका लागि हेलिकप्टरद्वारा पोखरा ल्याइएको सेनाले जनाएको छ ।
सल्यानको शारदा नगरपालिका–६ बरलास्थित शारदा खोलाको वहाव बढेपछि खेतमा काम गरिरहेका किसान फसेको हुंँदा खोला पार गर्न पनि सेनाले सहयोग गरेको छ । मुस्ताङको घबरजंग गाउँपालिका–५ र गुल्मीको रेसुङ्गा नगरपालिका–२ का बासिन्दाका घरमा पहिराले क्षति पुर्याएकामा सेनाले उद्धार गरेको थियो ।
कास्कीको मादी गाउँपालिका–२ मा निर्माणाधीन सुपरमादी जलविद्युत् आयोजनाको कलबन्दीमा सुरुङ्ग निर्माणमा संलग्न अलपत्र परेका १६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याउन सहयोग गरिएको निर्देशनालयले जनाएको छ ।

















खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सुरु
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
प्रतिक्रिया