आजको राशिफल : आषाढ ४ गते शुक्रबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको ४ गते शुक्रबार, ज्येष्ठ शुक्लअष्टमी तिथि । आज अष्टमीव्रत, वायु अष्टमी रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।
मेष
भोग गरिरहेको सुख सुविधाका विषयहरुमा द्वन्द देखा पर्न पुग्ने छ । मनमा अत्याधिक दुविधा आउने छ । यसले गर्दा निर्णय क्षमतामा पनि कमि आउने छ भने सुख सुविधामा कमि हुने छ । पेशागत जीवन स्थिर रहने भएकाले केही राहत मिल्ने छ । आम्दानीमा पनि हल्का बृद्धि नै हुने छ । जलविद्युत, होटल, रेष्टुरेण्ट क्षेत्रमा संलग्नहरुलाई चुनौतिपूर्ण समय रहेको छ ।
वृष
व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । वाणिज्य व्यापार क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल रहने छ । चलाख व्यक्तित्व बन्ने छ । शिक्षा, शैक्षिक संस्था, अध्यापन, शिक्षण जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुल रहने छ । बोलीमा भने कडापना देखा पर्ने भएकाले संयमित रहनु होला ।
मिथुन
दृढ व्यक्तित्व हुने छ । पैतृक सम्पत्तिको साथले गर्दा सुख सुविधा उपभोग गर्न पाइने छ । परिवारको साथले सुखको अनुभुति हुने छ । मेहनत र पराक्रमी स्वाभाव हुने छ । बोलीको प्रभावकारीतामा गिरावट आउने भएकाले संयमित रहनु होला । वित्तिय अवस्थामा ह्रास आउने छ । पेशागत जीवन औसत रहने छ ।
कर्कट
दुविधात्मक व्यक्तित्व बन्ने छ । कमजोर व्यक्तित्व हुने छ । मेहनत र पराक्रमी बन्न मन लागेता पनि शारीरिक कमजोरीले अवरोध गराउने छ । निर्णय क्षमतामा भारी गिरावट आउने भएकाले यस विषयमा सचेत रहनु होला । दाम्पत्य जीवनमा पनि समस्या देखा पर्ने छ । होटल, रेष्टुरेण्ट, जलविद्युत, सेक्युरिटि गार्ड, सुरक्षा निकाय, खेल जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल छ ।
सिंह
बोलीमा लचकता देखा पर्ने छ । भाग्यहिनताका कारण आफूलाई अभागि महशुस हुने छ । कार्य प्रगतिमा बाधा व्यवधान उत्पन्न हुने छ । निर्णय क्षमतामा कमि आउने छ । शारीरिक समस्याहरु देखा पर्न जाँदा अस्पतालको खर्च बढ्न पुग्ने छ । पिठ्यु, गर्दन, हृदय, उच्चरक्तचाप, छाति, रगत जस्ता विषयमा समस्या आउन सक्ने भएकाले सतर्क रहनुहोला ।
कन्या
शितल स्वाभाव हुने हुँदा सबैसँग मिल्न सकिने हुन्छ । आम्दानी तथा राखिएका लक्ष्य पूरा हुने छैन् । आम्दानीमा हुने उच्च गिरावटले पारीवारिक वित्तिय सन्तुलनमा असन्तुलन पैदा गर्दा मनोबलमा पनि भारी गिरावट ल्याई दिने छ । धेरै जोखिम मोल्ने समय नरहेकाले औसतमा जीवन अघि बढाउने विषयमा नै योजना बनाउनु हुने छ ।
तुला
पेशागत जीवनमा गम्भीरखाले उतारचढाव देखा पर्ने छन् । गर्न खोजेका कामहरु सम्पन्न हुने छैनन् । ठुलो लगानीमा नयाँ व्यवसाय शूरु गर्ने समय नभएकाले अहिले औसत रुपमा अघि बढ्ने प्रयास गर्नु बुद्धिमानी हुने छ । पेशागत जीवनमा बिबादको अवस्था आउने छ । समय धैर्य भएर पाइला चाल्नु पर्ने खालको भएकाले संयमित रहनु होला ।
वृश्चिक
भाग्यको साथका कारण आम्दानीमा केही बृद्धि नै हुने छ । चिताएको जति कार्य सफलता नहुँदा मनमा भने भाग्यहिनताको अभाष भई रहने छ । साझेदारीमा गरिएका कामहरुमा अवरोध देखा पर्ने छ । दुध, दुग्ध पदार्थ, पानी, पेय पदार्थ, मदिरा, कोल्ड ड्रिङ्स, आयात निर्यात जस्तामा क्षेत्रमा सक्रियहरुलाई समय सकारात्मक रहने छ ।
धनु
पेशागत जीवनमा द्वन्दात्मक अवस्था आउने भएकाले बुद्धिमतापूर्वक अघि बढ्नु होला । पेशागत जीवनमा छिटो निर्णय नलिनु होला । केही समय लिएर धैर्यतापूर्वक निर्णय लिनु पर्ने समय छ । शारीरिक रुपमा धेरै कमजोरी उत्पन्न हुने छ । पारीवारिक जीवनमा कटुता र तनाव देखिने छ । जलविद्युत, होटल, रेष्टुरेण्ट, शिक्षा जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल छ ।
मकर
दृढताले भरिएको व्यक्तित्व हुने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । जीवनसाथिको साथमा वा सल्लाहमा काम गरेमा भाग्योदय हुने छ । आम्दानीको विषयलाई लिएर दम्पत्तिका बीचमा द्वन्द देखा पर्ने समय रहेकाले बादबिबादमा भने नजानु होला । पारिश्रमिक वा ज्याला प्राप्त गर्न कठिनाई हुने भएकाले सतर्क रहनु होला ।
कुम्भ
प्रतिष्पर्धात्मक क्षमतामा धेरै गिरावट आउने हुँदा हतास भने नहुनु होला । मनमा दुविधाले अत्याधिक सताउने छ । यो गरौं कि त्यो गरौं भइरहने हुँदा निर्णय क्षमतामा भारी गिरावट आउने छ । चिसोले सताउने छ । पानीदेखि निकै सतर्क रहनु होला । समय निकै होशियार रहनु पर्ने खालको छ । पेशागत जीवनमा अस्थिरता देखा पर्ने छ ।
मीन
भित्रि बलको अभाव हुने छ । जीवनसाथीको सल्लाहलाई गम्भीरतापूर्वक लिनु होला । पेशागत जीवनमा विचार गरि पाईला चाल्नु पर्ने समय छ । समय प्रतिकुल रहेकाले धैर्यता नै एक मात्र विकल्प देखिन्छ । व्यक्तित्वमा पनि दुविधात्मकपना देखा पर्दा अरुले तपाईप्रति गलत मुल्याङ्कन गर्ने छन् ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
प्रतिक्रिया