आजको मौषम : वाग्मती,सुदूरपश्चिम र प्रदेश १ मा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका धेरै स्थानमा आंसिक देखि भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर आंसिक देखि सामान्य बदली आज विहान वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । वाग्मती प्रदेश र प्रदेश १ का एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना विभागले जनाएको छ ।
विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारि वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्नेभन्दै विभागले सतर्क रहन भनेको छ । यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।
















सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया