बुधबार, चैत ११, २०८२

गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले आज विश्वासको मत लिँदै

मेरोन्यूज २०७८ असार ४ गते ८:३५

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव राख्ने भएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। तर उनले मुख्यमन्त्री भएको एक साताभित्रै विश्वासको मत लिन लागेका छन्। विपक्षी गठबन्धनको सहयोगमा कांग्रेस संसदीय दलका नेता रहेका पोखरेल मुख्यमन्त्री भएका थिए ।

उनलाई मुख्यमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र गरी ३१ जना सांसदको सहयोग छ। गण्डकी प्रदेश सभा ६० सदस्यीय थियो। उक्त संख्याको बहुमत ३१ पुर्‍याएर उनी मुख्यमन्त्री भएका थिए।

प्रतिक्रिया