पार्टीको आधिकारिकता दाबी गर्न यादव–भट्टराई पक्ष आयोगमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचन आयोग पुगेका छन् । पार्टीमा देखिएको विवादसँगै उनीहरू पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका हुन् ।
आयोगमा अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरूसमेत पुगेका छन् ।
आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग पुगेका हुन् ।
हिजो बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेसँगै उनीहरू आज आयोग पुगेका हुन् ।
उता अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आगामी असार २२ गतेपछि राष्ट्रिय जनता पार्टी (राजपा) ब्यूँताउने तयारी गरेको छ । पार्टीमा आफूहरू अल्पमतमा परेसँगै उनीहरूले पुरानो पार्टी ब्यूँताउने तयारी गरेको हो ।
यो पनि पढ्नुहोस्
असार तेस्रो सातासम्म राजपा ब्यूँताउने तयारीमा महन्थ ठाकुर पक्ष









एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया