विश्व बैंकको सहयोगमा खरिद गरिएका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडाैं । कोरोना महामारीविरुद्ध स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गर्न विश्व बैकको सहयोगमा खरिद गरिएका १० लिटर क्षमताका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
नेपाल, मालद्विभ्स र श्रीलङ्काका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जेर्भोसले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई आज राजधानीमा आयोजित एक कार्यक्रममा ती उपकरण हस्तान्तरण गरे ।
त्यस अवसरमा उनले प्राप्त सहयोगका निम्ति बैंकप्रति कृतज्ञता व्यक्त गर्दै ती उपकरण यथाशक्य चाँडो सातवटै प्रदेशस्थित स्वास्थ्य प्रतिष्ठानहरुमा पुर्याइने बताए ।
निर्देशक जेर्भोसले अहिलेको असहज अवस्थामा विकासका साझेदारसँग मिलेर नेपाल र नेपालीलाई सघाउन बैंक प्रतिबद्ध रहेको बताए । बैंकको कोभिड–१९ आपत्कालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली तयारी परियोजनाअन्तर्गत प्रदान गरिएको रकमबाट परियोजना सेवाका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले ती अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो ।
उक्त कार्यालयले आगामी छ देखि १५ साता भित्रमा सातवटै प्रदेशस्थित प्रदेश अस्पतालमा अक्सिजन उत्पादन गर्ने उपकरण जडान एवं सञ्चालन गरिसक्ने बैंकले जनाएको छ ।
















कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया