उपत्यकाका तीन सिडियोको आज बैठक बस्दै

काठमाडौँ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको साँझ पाँच बजे बैठक बस्दैछ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाको बैठक बस्दैछ । बैठकले यही ८ गतेदेखि निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गर्ने जनाइएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले मंगलबारदेखि निषेधाज्ञालाई खुकुलो बनाउने बताए । यस्तै, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मंगलबारदेखि निषेधाज्ञालाई व्यवस्थित, मर्यादित र वैज्ञानिक बनाएर लैजाने बताए ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आर्थिक क्षेत्र चलायमान बनाएर कोरोना संक्रमण घटाउने रणनीति बनाएको छ । यसअघि सरकारले ८ गतेदेखि स्मार्ट निषेधाज्ञा गर्ने बताएको थियो ।
















मौसम पूर्वानुमान: उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
प्रतिक्रिया