सरकारले जनताको स्वास्थ्यमा हेल्च्याक्राई गर्यो : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले जनताको स्वास्थ्यमा गम्भीर हेल्च्याक्राई गरेको बताएका छन् । आज आइतबार आफ्नौ निवासमा पत्रकारहरुसँग कुुराकानी गर्दै नेता सिंहले सरकार कमिसनको खेलमा लागेका कारण कोराना विरुद्धको भ्याक्सिन समयमा नै ल्याउन नसकेको बताएका हुन् ।
उनले पहिलो डोज खोप लगाएका १४ लाख नागरिक दोस्रो डोजको पर्खाइमा रहेकाले तत्काल यसमा ध्यान दिन सरकारलाई आग्रह गरे । कोरोना विरुद्धको दोस्रो डोज खोप समयमा नै ल्याउन नसक्नुले सरकार कुटनितिक रुपमा असफल भएको समेत उनको दाबी छ ।
‘पहिलो डोज खोप लगाएका १४ लाख नागरिकहरु अहिले दोस्रो डोजको प्रतिक्षामा छन् ।’ उनले भने, ‘समयमा नै दोस्रो डोज खोप लगाउन नपाउदा ति जनताको स्वास्थ्य अहिले जोखिममा छ । यसमा सरकारको समयमा नै ध्यान जाओस् ।’
साथै नेता सिहंले जनताको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सरकारले हेलचेक्राई गर्न नहुने उनको भनाई छ । सरकार उत्तरदायी नहुँदा समयमा नै कोरोना नियन्त्रण हुन नसकेको उनको आरोप छ ।
पार्टीका १४ महाधिबेशनको तयारी तिव्र रुपमा भईरहेकाले समयमा नै महाधिवेशन हुने उनले जानकारी दिए । १४ महाधिवेशन समयमा नै सम्पन्न गर्ने वातावरण निमार्ण गर्न र विधि प्रक्रिया अनुसार अगाडी बढ्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।
नेता सिहले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी पहिरोले जनजीवन कष्टकर बनाएकाले गम्भीरताका साथ पहल थाल्न सरकारसँग अपिल गरे । उनले देशभर बाढी पहिरोको मारमा परेका नागरिकको दुखमा आआफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई आग्रह गरे ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया