मनाङेको उच्च स्तरीय नेतासँग भेट, प्रचण्डपछि बाबुरामसँग वार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका विना विभागीय मन्त्री दीपक मनाङेबीच भेट वार्ता भएको छ । उनले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग समेत भेट गरेका छन् ।
प्रचण्ड निवास खुमलटारमा पुगेर मनाङेले प्रचण्डसँग भेट गरेका हुन् । यस्तै, उनी आइतबार भट्टराईनिवास पुगेका हुन् ।
दुवै नेतासँग गण्डकी प्रदेशको सत्तारुढ गठबन्धनको विषयमा छलफल भएको
मनाङेले बताएका छन् । एमाले नेतृत्वको प्रदेश सरकारमा दुईपटक युवा तथा खेलकुद मन्त्री बनेका मनाङेले मुख्यमन्त्री पृथ्वी सुुब्बा गुरुङले विश्वासको मत माग्दा तटस्थ बसेका थिए ।
पछि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका उनी अहिले विना विभागीय मन्त्री रहेका छन् ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया