मनाङेको उच्च स्तरीय नेतासँग भेट, प्रचण्डपछि बाबुरामसँग वार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका विना विभागीय मन्त्री दीपक मनाङेबीच भेट वार्ता भएको छ । उनले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग समेत भेट गरेका छन् ।
प्रचण्ड निवास खुमलटारमा पुगेर मनाङेले प्रचण्डसँग भेट गरेका हुन् । यस्तै, उनी आइतबार भट्टराईनिवास पुगेका हुन् ।
दुवै नेतासँग गण्डकी प्रदेशको सत्तारुढ गठबन्धनको विषयमा छलफल भएको
मनाङेले बताएका छन् । एमाले नेतृत्वको प्रदेश सरकारमा दुईपटक युवा तथा खेलकुद मन्त्री बनेका मनाङेले मुख्यमन्त्री पृथ्वी सुुब्बा गुरुङले विश्वासको मत माग्दा तटस्थ बसेका थिए ।
पछि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका उनी अहिले विना विभागीय मन्त्री रहेका छन् ।














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया