ओली नेतृत्वको प्रदेश सरकार हटाउने गठबन्धनको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको नेतृत्व रहेको प्रदेश सरकारमा नयाँ सरकार गठन गर्नेबारे छलफल भएको छ । आइतबार साँझ देउवा निवासमा विपक्ष गठबन्धन पक्षको बैठक बसेको हो ।
प्रदेश १, बागमती र लुम्बिनी प्रदेशमा एमालेको ओली पक्षले सरकारको नेतृत्व गरिरहेको छ । स्रोतका अनुसार यी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)सहितको गठबन्धन पक्षले आफ्नो पक्षमा सरकार गठनका लागि राजनीतिक पहल राख्ने भएको हो ।
यस्तै, बैठकले कांग्रेसको केन्द्रीय कार्य समितिबाट नै विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णयप्रति विपक्षी गठबन्धनले स्वागत गरेको छ । कांग्रेसको कार्य समितिको बैठकले जारी गठबन्धनको पक्षमा पार्टी निरन्तरता दिनु पर्ने निर्णय गरेको थियो ।
बैठकमा नेकपा एमालेका नेता माधव नेपालले विपक्षी गठबन्धनमा आफू अन्तिम समयसम्म सँगै रहने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ । पार्टीका दोस्रो तहका नेताहरूले गरेको संवादबारे आफूलाई कुनै जानकारी नभएको उनले बैठकमा बताएका थिए ।
नेता नेपालले आफूलाई कुनै जानकारीसमेत नदिई भइरहेका छलफलको कुनै अर्थ नरहेको बताउँदै विपक्षी गठबन्धनमा नै रहने बताएका हुन् । बैठकमा उनले अब ओलीसँग मिलेर जाने सम्भावना कम हुँदै बताएका थिए ।
छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका नेता माधव नेपाल र जनता समाजवादी पार्टीका उपेन्द्र यादव सहभागी रहेको थिए ।
दोस्रोपटक संसद विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावको मिति घोषणा गरेसँगै विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध १४९ जना सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत गएका थिए । सोही मुद्दाको सुनुवाई आगामी बुधबारदेखि हुने भएको छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया