तीन महिनापछि भारतमा सबैभन्दा कम कोरोना पुष्टि
मेरोन्यूज
२०७८ असार ७ गते १२:२५

काठमाडौँ । करिब ३ महिनापछि भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण सबैभन्दा कम देखिएको छ । पछिल्लो २४ घण्टामा करिब ५३ हजार मात्रै नयाँ सक्रमित देखिएको समाचारमा जनाइएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ हजार २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्ला दिनहरूमा भारतमा संक्रमण दर कम हुँदै गएको छ ।
यस्तै, ७८ हजार १९० जना संक्रमित कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख २ हजार ८८७ पुगेको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ हजार ४३३ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा २ करोड ९९ लाख ३५ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको भने ३ लाख ८८ हजार १३५ जनाको मृत्यु भएको छ । एजेन्सी
सम्बन्धित















झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया