तीन महिनापछि भारतमा सबैभन्दा कम कोरोना पुष्टि
मेरोन्यूज
२०७८ असार ७ गते १२:२५

काठमाडौँ । करिब ३ महिनापछि भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण सबैभन्दा कम देखिएको छ । पछिल्लो २४ घण्टामा करिब ५३ हजार मात्रै नयाँ सक्रमित देखिएको समाचारमा जनाइएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ हजार २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्ला दिनहरूमा भारतमा संक्रमण दर कम हुँदै गएको छ ।
यस्तै, ७८ हजार १९० जना संक्रमित कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख २ हजार ८८७ पुगेको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ हजार ४३३ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा २ करोड ९९ लाख ३५ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको भने ३ लाख ८८ हजार १३५ जनाको मृत्यु भएको छ । एजेन्सी
सम्बन्धित










एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया