संवैधानिक आयोगमा सरकारको नियुक्ति अवैध

काठमाडौँ । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवादसँगै नियुक्ति बदर गर्न सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।
संविधानको व्यवस्थाअनुसार संसदीय सुनुवाईको प्रक्रियाबाट अनुमोदन हुनु पर्ने नियुक्तिहरु स्वतः अगाडि बढ्दै छ । अर्थात् सुनुवाई नभई संवैधानिक निकायमा नियुक्त हुँदैछ ।
वर्तमान सरकारले गत वैशाख २६ गते लोकसेवा आयोग, निर्वाचन आयोगमा पदाधिकारी नियुक्त गरेको थियो । संविधानमा भएको व्यवस्था र संघीय संसदअन्र्तगत संयुक्त समिति सञ्चालन नियमावलीअनुसार संसदीय सुनुवाई हुन नसके नियुक्ति सिफारिस भएको ४५ दिनपछि नियुक्ति हुन बाधा नहुने व्यवस्था छ ।
यस व्यवस्थालाई जानकारहरुले अवैधानिक कदम हुने बताउँदै आएका छन् । केहीले संविधानमा भएको व्यवस्थालाई अन्यथा व्याख्या गर्नु नहुने बताएका छन् । यसै विषयमा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, तत्कालीन व्यवस्थापिका संसद सचिवालयका पूर्व सचिव मुकुन्द शर्मा आचार्य र विघटित प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिका पूर्व सभापति कृष्णभक्त पोखरेलसँग प्रतिक्रिया लिएका छौँ ।
उमेश मैनाली पूर्व अध्यक्ष, लोकसेवा आयोग
संवैधानिक परिषदमा राज्यका तिन वटै अंग र प्रमुख प्रतिपक्षीसमेतलाई समेटिने भएकाले संवैधानिक आयोगमा आउने व्यक्तिले निष्पक्ष भूमिका निर्वाह गर्नु पर्दछ । नियुक्त हुने व्यक्तिको कामका लागि मनोबल उच्च हुनु पर्ने भएकाले संवैधानिक परिषद्मै विवाद भएर आउनेसँग काम गर्न सक्ने मनाबेल नहुने पनि सक्छ । परिषदमै असन्तुष्टि भइरहेको सन्दर्भमा काम गर्ने वैधानिकतामाथि प्रश्न उठ्ने आधारहरू आउन सक्छ ।
मुकुन्द शर्मा पूर्व सचिव, तत्कालीन व्यवस्थापिका संसद सचिवालय
विगतमा पनि संसदीय सुनुवाईविना ४५ दिनभित्र कुनै प्रतिक्रिया जनाएन भने नियमावलीको प्रावधान टेकेर स्वतः नियुक्त हुने प्रावधान छ । नियमावलीले दिएको अधिकार अनुरुप ४५ दिन नाघेपछि नियुक्त हुने भएकाले त्यसलाई आधिकारिकता भएन भन्ने सम्भवना नहुन सक्छ । यद्यपि, अहिलेका नियुक्तिलाई संविधानको मर्मअनुसार भए-नभएको हेर्ने हो भने संविधान र नियमावलीले चाहेको प्रक्रिया पूरा चाहिँ नभएकै हो ।
कृष्णभक्त पोखरेल पूर्व सभापति कानुन, न्याय तथा मानव अधिकार समिति
संवैधानिक आयोगको नियुक्तिको सम्बन्धमा सर्वोच्चमा मुद्दा विचाराधिन रहेको छ । सर्वोच्चको निर्णयको अलावा सरकारको निर्णय कार्यान्वयन भएर जान सक्ने अवस्था छ । संवैधानिक निकायमा नियुक्ति गर्ने मुख्य काम सरकारकै हो । संसदको काम संवैधानिक निकायको अवस्था बिग्रन लागे रोक्ने हो ।
संसदको दुई तिहाईले पारित गर्नु पर्ने नभएको र अहिले संसद नभएको अवस्थामा सरकारले गरेको निर्णय रोक्नु आवश्यक छैन । संसदमा दर्ता भइसकेकाले दर्ता भएको ४५ दिन पुगेपछि स्वतः नियुक्ति हुन्छ ।
















गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
प्रतिक्रिया