दक्षिण सुडानको राजनीतिमा सुधार आएको छ- संयुक्त राष्ट्रसंघ

सुडान । संयुक्त राष्ट्रसंघले दक्षिण सुडानको राजनीनि अवस्थामा केही सुधार आएको बताएको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका उच्च दूत निकोलास हेसमले सो कुराको जानकारी दिए । उनले दक्षिण सुडानमा नयाँ संविधान निर्माण गर्ने र राजनीति सुधार गर्ने कामको थालनी भएको र त्यसमा केही प्रगति पनि भएको देखिएको बताए ।
तर, यहाँको सुरक्षाको अवस्थाका बारेमा उनले चासो व्यक्त गरे । उनले भने, कि दक्षिण सुडानको राजनीति र न्यायपालिकाको सुधारका बारेमा काम अघि बढेको छ र यहाँको सरकारले त्यस क्षेत्रमा काम गरेको छ । तर सबैले सुरक्षाका बारेमा भने चिन्ता व्यक्त गर्नुपर्ने उनले बताए । संयुक्त राष्ट्रसंघले सुरक्षाका क्षेत्रमा अझै समन्वय बढाउनुपर्ने उनले सुझाव दिए छ ।
उनले भने– यहाँ संयुक्त राष्ट्रसंघले गएको मे महिनामा राजनीतिक प्रक्रियालाई अघि बढाउने एक कार्यदल गठन गरेको छ र त्यसले आफ्नो काम थालेको छ । यहाँका राष्ट्रपति साल्भा किरले हालैमात्र यहाँको एक विधायिकामा ५५० जना थप गरेर पुनर्गठन गर्नुभएको थियो । त्यस विधायक सभाले यहाँ नयाँ संविधान निर्माण गर्ने काम गरिरहेको पनि उनले जानकारी दिए । हाल पनि संसारको कान्छो देशका रुपमा चिनिएको दक्षिण सुडान १० वर्ष अघि नयाँ राष्ट्रका रुपमा स्थापना भएको हो ।
आगामी जुलाई ९ मा यो देशले आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । साथै संयुक्त राष्ट्रसंघ र विश्वका कतिपय देशहरुको सहयोग र समन्वयमा यहाँ नयाँ संविधान निर्माण गर्ने काम पनि भइरहेको बताइएको छ । रासस
















गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया