मंगलबार, वैशाख ९, २०८२

डडेल्धुरामा मृत अवस्थामा फेला परेकी स्वास्थ्यकर्मीको हत्या भएको पुष्टि

डिएनए परीक्षणका लागि काठमाडौं पठाउने तयारी

मेरोन्यूज २०७८ असार ८ गते १२:५५


काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा मृत फेला परेकी स्वास्थ्यकर्मीको हत्या गरिएको पुष्टि भएको छ । परशुराम नगरपालिका ८ को जमरानी आधारभूत स्वास्थ्य इकाई केन्द्रमा कार्यरत अस्मितादेवी धामीको हत्या गिरएको हो ।

शव परीक्षणबाट परशुराम नगरपालिका ८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया धामीको हत्या गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रबक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले मेरोन्युजलाई जानकारी दिए ।
उनले भने, ‘शव परीक्षण रिपोर्टबाट पनि हत्या नै भएको देखिएको छ । अहिले सोही आधारमा अनुसन्धान गरिरहेका छौं । केही प्राविधिक कुराको परीक्षणका लागि प्रक्रिया अघि बढिसकेको छ ।

जोगबुढा अस्पतालका चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको वक्ता चन्दले जानकारी दिए । चिकित्सकको सुझाव अनुसार प्रहरीले चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भएको हो ।

गत २ असारमा कार्यालयबाट कोरोनाको खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी २६ वर्षीय धामी गत ५ गते परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा मृत फेला परेकी थिईन् ।

कोरोनाको खोप पुर्याउन हिँडेकी स्वास्थ्यकर्मी मृत भेटियो, अनुसन्धानमा अन्योल

प्रतिक्रिया