बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु
मेरोन्यूज
२०७८ असार ८ गते १४:२२

काठमाडौँ । काठमाडौँको बालाजुमा बस र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीय लक्ष्मी परियारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस
सम्बन्धित










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया