सर्वोच्चमा उपस्थित हुन प्रधानमन्त्रीसहित प्रदेशका ३ मन्त्रीलाई आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेका कर्णाली प्रदेशका ४ सांसदलाई उपस्थित हुन आदेश गरेको छ । पार्टीको ह्वीप उल्ल्घंन गरेका भन्दै आदेशविरुद्धको पुनरावलोकन (भ्याकेट) दर्ता गर्ने प्रधानमन्त्री र कर्णालीका ४ सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गरेको हो ।
यसअघि सर्वोच्चले एमाले दशौँ महाधिवेशन आयोजक कमिटीले कर्णालीका ४ सांसदमाथि गरेको कारबाही अवैध भन्दै पुनर्वहाली गरेको थियो । पदमुक्त गरिएका सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्चको सुनुवार्इपछि परेको भ्याकेटमा छलफल गर्न मंगलबार सर्वोच्चले दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको हो ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।
एमालेका अध्यक्षसमेत रहेका ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट दर्ता गराएका थिए ।














‘Rhino Cruise’ coming into operation from Gaindakot
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
46 days to go for HoR elections: EC hopeful of compliance with code of conduct
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया