लज्जास्पद हर्कत उल्ट्याउनु रोचक परिदृश्य : बाबुराम भट्टराई
मेरोन्यूज
२०७८ असार ८ गते १८:१४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको अन्तरिम आदेश नेपाली राजनीतिमा रोचक परिदृष्य बन्ने बताएका छन् ।
उनले संविधानका निर्माता नै संविधानको शब्द र भावनाविपरीत गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने र बन्ने लज्जास्पद हर्कत भएको बताएका छन् । सर्वोच्चले त्यसलाई उल्टिनु रोचक भएको उनले बताएका छन् ।
‘संविधानका निर्माता नै संविधानको शब्द–भावनाविपरीत गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने–बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो,’ उनले भने, ‘क्षणिक निजी स्वार्थका निम्ति लम्पट बन्नेहरूको आँखा खुलेको छ ।’
सम्बन्धित














एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया