प्राकृतिक विपत्तिमा खटिन प्रधानमन्त्रीको पार्टी कमिटिलाई निर्देशन
प्रधानमन्त्री भन्छन् : ‘प्राकृतिक विपत्तिमा कोही–कसैले पनि राजननीति गर्नु हुन्न, मानवीय हिसाबमै जुट्नस् ।’

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले पटक–पटक प्राकृतिक विपत्ति भोगेको सिन्धुपाल्चोक जिल्लामा विपत्को व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन पार्टी पङक्तिलाई निर्देशन ििदएका छन् । एमालेको बाग्मति प्रदेश कमिटिका प्रतिनिधीमण्डललाई आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा निर्देशन गदै ओलीले विपत्तिमा कसैले पनि राजनीति गर्न नहुने भन्दै मानिवियताका आधारमा पनि राहत तथा विपत् ब्यवस्थापनको कार्यक्रममा जुटन पार्टी पङक्तिलाई निर्देशन गरेका हुन् ।
‘प्राकृतिक विपत्तिमा कोही–कसैले पनि राजननीति गर्नु हुन्न,मानवीय हिसाबमै जानुपर्छ’ प्रधानमन्त्री ओलीले भने ।
बाढीको पुर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवाशको व्यवस्था गर्नुपर्ने भन्दै ओलीले पुल बगाएको स्थानमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि वताए ।
एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटिका अध्यक्ष आनन्द पोखरेलको मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन सरकारद्वारा गर्न , बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पूनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरिएको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई वुझाएका थिए ।

विस्थापित ४ सय परिवारको अस्थाई बसोबासको लागि प्रति परिवार ८ बन्डल जस्ता उपलब्ध गराई अस्थाई बासस्थान निर्माण गर्ने नदी किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरुको पूननिर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गर्न र बिग्रे भत्केका मोटर बाटोहरुको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
सिन्धुपाल्चोकमा असार १ गते पछि परेको अबिरल वर्षापछि उत्पन्न बाढी पहिरोका कारण १६ जनाको मृत्यु , ४०० परिवार विस्थापित भएका छन् । सबै स्थानमा गरी ३ सय ३७ वटा घर र ६० वटा गोठ ), ६ वटा मोटर पुल र १३ वटा झोलुंगे पुल बगाएको छ । यसै गरी हेलम्बु २ को किउल बगरमा रहेको प्रहरी चौकी भवन लडाएको छ भने २ वटा विद्यालय (सरस्वती मा.वि. हेलम्बु र तेर्से मावि तालामाराङ) भवन उच्च जोखिम रहेका छन् । विभिन्न स्थानमा सडक मार्ग भत्किएर बगरमा परिणत भएका छन् नदिकिनारका वस्ती पहिरोले पुरेको र लेदो थुप्रिएर पुरै यातायात बन्द छ ।
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया