महालक्ष्मीद्धारा उद्यमीलाई ३५ लाख सहयोग

ललितपुर । महालक्ष्मी नगरपालिकाले ‘नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत उद्यमीलाई ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।
नगरपालिकामा कृषि, पशुपालन, पर्यटन, सिलाइ–कटाइ, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकुद जस्ता क्षेत्रमा उद्यम गर्दै आएका व्यक्तिको व्यवसाय बढाउन महालक्ष्मीले सो मूल्य बराबरको रकम सहयोग गरेको हो ।
नगरपालिकामा विभिन्न उद्यम गरेर बसेका व्यक्तिहरुमध्ये २५ जनालाई उनीहरुको कामको मूल्याङ्कनका आधारमा ३५ लाख सहयोग गरेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताए ।
उनले भने, “पहिलो चरणमा छनोट भएकाले उत्साहका साथ काम गर्नुहुनेछ । कार्यक्रममा ८८ उद्यमीको निवेदन परेकामा २५ को पूँजी लगानी सीमा, आर्थिक अवस्था, उद्यमसँग सम्बन्धित सीप, रोजगारी सृजना गर्ने क्षमता आदि हेरेर चेकका साथै व्यवसायको साइन बोर्ड समेत हस्तान्तरण गर्यौं ।”
नगरपालिकाले उद्यमी हितमा प्रविधि हस्तान्तरण गर्नाका साथै व्यवसाय स्तरोन्नतिमा सहयोग र उत्पादीत बस्तुलाई बजारीकरण समेत गरिदिने योजना बनाएको श्रेष्ठले जानकारी दिए । कार्यक्रमले भविष्यमा नयाँ तवरको व्यवसायी उत्पादनमा प्रेरणा मिल्ने उपप्रमुख निर्मला थापाले बताइन् ।
महालक्ष्मीले आउँदो आर्थिक वर्ष २०७८/०७९ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्र राम्रा उद्यमी विकासका लागि वातावरण प्रदूषण गर्ने उद्योगहरु स्थापना एवं सञ्चालनमा रोक, महिला, आदिवासी, अपाङ्गता भएका व्यक्तिले सामूहिक रुपमा सञ्चालन गरेको उद्योग तथा व्यवसाय दर्ता एवं वार्षिक करमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
यसैगरी नगरपालिका भित्र सञ्चालन भइरहेका परम्परागत ढाका, सुकुल, माटोका भाँडाकुँडा, हस्तकाला सम्बन्धित घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्न महालक्ष्मीले वार्षिक करमा दिँदै आएको २५ प्रतिशत छुटलाई निरन्तरता दिनुका साथै सो वस्तु बजारीकरणमा सहयोग गर्न कोसेली घर सञ्चालन गरिदिने योजना सार्वजनिक गरको छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया