इटाली युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा

काठमाडौं । इटाली युरो कपको क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ अन्तर्गत शनिबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा अस्ट्रियालाई अतिरिक्त समयमा पराजित गर्दै इटली क्वार्टरफाइनल प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
निर्धारित समयको पहिलो हाफमा अस्ट्रियामाथि निकै दबाब बनाएको इटालीले दोस्रो हाफमा दबाब सहनु परेको थियो ।
तर, सब्स्टिच्युट खेलाडीको निर्णायक प्रदर्शन प्रेरित इटालीले अतिरिक्त समयको पहिलो हाफमै दुई गोल थप्यो ।
इटालीका लागि ८४औं मिनेटमा डोमेनिको बेरार्डको स्थानमा मैदान प्रवेश गरेका फेडेरिको किएसाले अतिरिक्त समयको पाँचौं अर्थात् ९५औं मिनेटमा अज्जुरीको डेडलक तोडेका थिए ।
उनले लियोनार्दो सपिनाज्जोलाको पासलाई पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै गोल गरेका थिए । त्यसको ६ मिनेट नबित्दै अर्का सब्स्टिच्युट खेलाडी माटेओ पेस्सिनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।
नियमित समयको ६७ औं मिनेटमा निकोलो बेरेलाको स्थानमा मैदान प्रवेश गरेका पेस्सिनाले फ्रान्सेस्को अक्रेबीको पासको सदुपयोग गर्दै अतरिक्त समयको इन्जुरी समयमा गोल गर्दै इटालीको अग्रता दोब्बर पारेका थिए ।
जितसँगै २००४ यताका सबै युरोपियन च्याम्पियनसिपमा इटालीले कम्तिमा क्वार्टरफाइनलको यात्रा तय गरेको छ । र, सेमिफाइनलका लागि इटालीले अव पोर्चुगल र बेल्जियम वीचको खेलको बिजयी टिमसाग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

















प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या
झापाबाट लागुऔषधसहित सात जना पक्राउ
Tractor hits man to death
One dies in motorcycle accident
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया