प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन निर्देशन

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सातमध्ये तीन प्रदेशमा भारी वर्षाको सम्भाबना रहेको भन्दै सचेत र सर्तक हुन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशमा सतर्क रहन आग्रह गरेको हो ।
यि तीन प्रदेशमा भारी वर्षा हुन सक्ने, बाढी तथा पहिरो आउन सक्ने, नदीनाला तथा खहरेमा पानीको बहाब बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो।
उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध पनि महाशाखाले गरेको छ।
‘देशभर मनसुनी वायुको प्रभाव रहेको छ,’ पूर्वानुमान महाशाखाले भनेको छ, ‘हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।
आज दिउसो र रातिमा देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ।
















Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया