पोखरा महानगरका सेवा आजदेखि सञ्चालनमा

कास्की । वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगरका सबै सेवा आजदेखि सञ्चालनमा आएको छ । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम रोकथामका र नियन्त्रणका लागि महानगरले निषेधाज्ञा गरेको थियो ।
महानगरपालिका कार्यालय, महाशाखा, शाखा तथा ३३ वटै वडा कार्यालयमा सुरक्षाका मापदण्डको पूर्ण पालना गराउँदै सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए ।
कोरोनाको दोस्रो लहर शुरु भएसँगै जारी निषेधाज्ञाका अवधिमा महानगरका अत्यावश्यक बाहेकका अन्य सेवा स्थगन गरिएको थियो ।
जिल्ला प्रशासन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा केही खुकुलो गरिएकाले सेवा पूर्णरूपमा सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । निषेधाज्ञाका कारण लामो समय सेवा बन्द हुँदा सेवाग्राही प्रभावित बनेका थिए ।
जिल्लाका अन्य कार्यालयले समेत सेवा शुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायातलगायतका अन्य कार्यालयले पनि कोटा निर्धारण गरेर सेवा शुरु गर्ने भएका छन् । केही कार्यालयले असार ११ गतेदेखि सञ्चालनमा आएको र अधिकांश आजदेखि आएको हो ।
जिल्लास्थित कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धित कार्यालयको कामको प्रकृति र आवश्यकतालाई प्राथमिकीकरण गरी आलोपालो गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
कोभिड–१९ प्रकोपका कारणबाट हुने क्षति एवं सङ्क्रमणदरमा केही कमी भएको तथ्याङ्कबाट देखिएकाले जारी निषेधाज्ञाको आदेशलाई केही सहज र खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सङ्क्रमण रोकथाम र व्यवस्थापनका लागि जिल्लाभर यही असार १५ गते राति १२ः०० बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया