प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी गर्दै किसान

रसुवा । रसुवाको टिमुरे क्षेत्रका किसानले प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी लिन थालेका छन् । गोसाइँकुण्ड गाउँपालिका वडा नं २ टिमुरे खैदी क्षेत्रमा तीन वर्षदेखि तरकारी खेती, च्याङग्रा र चौरीगाई पालन शुरुआत गरिएको थियो ।
स्थानीयवासी कामीनुर्पु तामाङले स्वदेशमा नै प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी हुन थालेको जानकारी दिए। भिरालो ठाउँको बाँझो जमिनलाई तरकारी खेती तथा पशुपालनमा सदुपयोग गर्दै आएको उनले बताए । रसुवागढी प्राङ्गारिक कृषि तथा पशुपालन अनुसन्धान केन्द्रको नाममा दर्ता गरिएको निजी कृषिफर्मले वार्षिक ८० लाखसम्म आय गर्न थालेको जनाइएको छ ।
कृषि फर्ममा हाल स्थानीय कुखुरा, लौकाट, च्याङग्राको बोका, स्थानीय बोका, चौरीगाई, याक र स्थानीय जातका गाई रहेका छन् । कृषि उपज तर्फ ब्रोकाउली, बन्दा, काउली, मुला, रायो, आलु, करू र चाइनिजले उपभोग गर्ने आठ प्रकारका सागसब्जि रहेका छन् । व्यापारिक नाका क्षेत्रमा भएकाले उत्पादित कृषि उपज स्थानीय स्तरमै खपत हुने उनले जानकारी दिए । उनका अनुसार सो फर्ममा वार्षिक ७० हजार केजी आलु एवं ५० हजार केजी भन्दा बढी करू समेत उत्पादन हुनथालेको छ ।
गतवर्ष मात्र सो कृषिफर्मले आलु र चीजबाट मात्र २५ लाख आय गरेको बताइएको छ । उनले भने , “स्वदेशमा केही गर्न सकिन्छ । म युवालाई कृषिमा लाग्न आह्वान गर्दछ ।” शिक्षण पेशा छाडेर कृषिमा लागेका उनले सरकारले कृषि पेशा लाग्नेलाई सहुलियत दरमा ऋण उपलब्ध गराइदिन सुझाव दिए । रासस
















वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल
नयाँ वर्ष २०८३ को अवसरमा सामसङले ल्यायाे २४ महिनासम्मको एक्स्टेन्डेड इएमआइ योजना
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको सङ्केत
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया