योग्यता नपुगेकाले राजदूतमा पूर्वमन्त्री कार्कीलाई नियुक्त नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बहराइनका लागि नेपाली राजदूतमा नियुक्त भएका युवराज कार्कीलाई राजदूतमा नियुक्ति नगर्न आदेश दिएको छ । कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चले उनलाई राजदूतमा नियुक्ति गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि आज सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यन्वयन नगर्न सरकारलाई आदेश दिएको हो । सरकारले उनलाई वैशाख २५ गते राजदूतमा नियुक्ति गर्न सिफारिस गरेको थियो ।
प्रतिनिधिसभा विघटन भएकाले उनको संसदीय सुनुवाई नगरी राजदूतमा नियुक्ति गर्ने तयारी गरिएको थियो । तर, अदालतले कार्कीको राजदूत नियुक्तिमा रोक लगाइदिएको छ ।
मन्त्री भइसकेका व्यक्तिको हकमा स्नातक उत्तीर्ण नगरे पनि हुने निर्देशिका छ । तर, सर्वोच्चले मन्त्री भएका कार्कीलाई अस्वीकार गरिदिएको हो । कार्की एमाले नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री हुन् ।
















उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड
विप्लवले चुनाव नलड्ने
Minister Gupta resigns
Election preparations up in Manang
राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, ललितपुर–२ बाट उम्मेदवार बन्ने
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न गगन समूहकाे माग
प्रतिक्रिया