सुनजस्तो देखिने वस्तुसहित तीन पक्राउ
मेरोन्यूज
२०७८ असार १४ गते १४:३५

कैलाली । कैलालीमा १२० ग्राम सुन जस्तो देखिने वस्तुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कबाट अमरगढी नगरपालिका–८ का महेश सार्की, सोही वडाका सुरज घताने र विशाल जाग्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए ।
प्रहरी निरीक्षक गुरुका अनुसार उनीहरु तिनै जना सवार प्रदेश नं ३, ०१००२६४६९९ नंको अल्टो कार रोकिएको अवस्थामा जाँचका क्रममा सुनजस्तो देखिने वस्तु फेला परेको हो । तीनै जनालाई थप अनुसन्धानका लागि आज जिल्ला प्रहरी कार्यालय पठाइएको बताइएको छ । रासस
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया