सोमबार, पुष ७, २०८२

टेकु अस्पतालको निर्देशकमा डा.अनुप बाँस्तोला नियुक्त

मेरोन्यूज २०७८ असार १४ गते १७:२५

काठमाडौं । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बाँस्तोला नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्री कृष्ण गोपाल श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै बास्तोलालाई निर्देशक बनाउने निर्णय गरेको मन्त्रालयका सहसचिव दामोदर रेग्मीले पुष्टि गरे ।

अहिलेका निर्देशक डा. सागर राजभण्डारीले आजदेखी सेवाबाट अवकाश पाउदै छन्। ११ औं तहका बाँस्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्टेन्ट रहेका थिए । बाँस्तोलाले नेपालमा कोरोना भित्रिए देखिनै अग्र स्थानमा रही संक्रमितको उपचार गर्दै आएका छन् ।

प्रतिक्रिया