सार्वजनिक सवारी साधन चलाउने निर्णयप्रति यातायात व्यवसायीको आपत्ति

काठमाडौं । यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले काठमाडौं उपत्यकामा असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने उपत्यका प्रशासनको निर्णयप्रति आपत्ति जनाएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार १५ गतेबाट उपत्यकामा जोर बिजोर प्रणाली अनुसार सर्वाजनिक सवारी साधन सच्चालन गर्न दिने निर्णय गरेको थियो । उक्त निर्णयको विरोध गर्दै यातायात व्यवसायीले प्रशासनको निर्णय एकांकी भएको भन्दै सच्याउन आग्रह गरेका छन् ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा गरेका छन् ।
संयुक्त प्रेस विज्ञप्ति मार्फत उनीहरुले २०६९ सालदेखि वैज्ञानिक भाडा दर समायोजन हुन नसकेको भन्दै भाडा दर समायोजन गर्न आग्रह गरेका छन् ।

















कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार बन्ने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
आज देशभर उम्मेदवारी दर्ता हुँदै
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिँदै बामदेव, बर्दिया १ बाट चुनाव लड्ने तयारी
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया